काठमाडौ । होन्डाको नयाँ मोटरसाइकल होन्डा ३०० आर को भारतीय बजारमा बिक्रि शुरु भएको छ । भारतको चन्डिगढ, जयपुर, दिल्ली, गुरुग्राम क्षेत्रमा यसको विक्रि शुरु भएको हो । अन्य भागमा पनि यसको विक्रि छिटै शुरु हुने बताइएको छ ।
भर्खरै विक्रि शुरु भएको यो मोटरसाइलक मेट एक्सिस ग्रे मेटालिक र क्यान्डि क्रोमोस्फियर रेड गरी दुई रङमा उपलब्ध हुनेछ । भारतमा यसको मूल्य २ लाख ४२ हजार भारतिय रुपैंया तोकिएको छ । २८६ सीसी क्षमताको यो मोटरसाइकल मा सिङगल सिलिन्डर इन्जिन रहेको छ । यो मोटरसाइकलको तौल १ सय ४९ किलो रहेको छ ।
भारतमा भर्खरु विक्रि शुरु भएको यो मोटरसाइकल नेपाली बजारमा आउन भने केहि समय लाग्नेछ ।
SHARE YOUR THOUGHTS