काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीकोे सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउँपालिकाको ब्रमस्थलमो दुई दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन सम्पन्न भएको छ ।
उक्त शिबिरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रा.ली, तिलोत्तमा आंखा अस्पताल, आम्दा हस्पिटल प्रा.ली बुटवल र हिमाल डेन्टल हस्पिटल प्रा लि का चिकित्सकहरुको संयुक्त टोलिले सेवा प्रदान गरेको थियो । ७ वटा बिशेषज्ञ बिधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सा तर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आंखा तर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रियातर्फ १० जना गरी जम्मा २,९९६ जनाको स्वास्थ्य परिक्षण भएको थियो ।
स्वास्थ्य परिक्षण गर्नेहरुमध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण , ३१ जनाको मोतिबिन्दु अप्रेशन, ५३ जनाको दांत हालेको, १०८ जनाको दांत निकालेको कम्पनीले जनाएको छ । निशुल्क स्वास्थ्य शिविरमा २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरिएको थियो ।
SHARE YOUR THOUGHTS