२८ मंसिर २०८२, शनिबार

लाइफ इन्स्योरेन्स एसोशिएसन गठन गर्ने प्रक्रिया अघि बढ्यो, तदर्थ समितिमा पाण्डे, पराजुली र पाठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जीबन बीमाको व्यवसया गर्दै आएका बीमा कम्पनीहरुले छुट्टै एशोसिएशन गठन गर्ने भएका छन् । लाइफ इन्स्योरेन्स एशोसिएशन अफ नेपाल (लायन) नामको संस्था गठन गर्न औपचारिक प्रक्रिया अघि बढाइएको हो ।

अहिले जीबन र निर्जीबन दुबैं बीमाको व्यवसाय गर्नेहरुको बीमक संघ नामक एउटै संगठन छ ।

जीबन र निर्जीबन बीमाको विषय अलग्गै भएकाले जीबन बीमाको व्यवसाय गर्नेहरुको छुट्टै संगठनको आवश्यता भएको निष्कर्श सहित लायन गठन गर्न लागिएको सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले जानकारी दिए ।

लायन गठन गर्नका लागि ३ सदस्यीय तदर्थ समिति पनि गठन गरिएको छ । पाण्डको संयोजकत्वमा गठन गरिएको तदर्थ समितिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली र राष्ट्रिय बीमा संस्थानका प्रमुख कवि पाठक सदस्य छन् ।

‘विधान तयार भइसकेको छ, जिल्ला प्रशासनमा गएर संघ दर्ता गराउने अन्तिम चरणमा पुगेका छौं,’ तदर्थ समितिका संयोजक पाण्डेले क्लिकमाण्डूसँग भने, ‘कलेक्टिभ बार्गेनिङका लागि एशोसिएशन गठनको प्रक्रिया अघि बढाएका हौं ।’

नयाँ बीमा कम्पनी थपिएपछि जीब बीमा कम्पनीको संख्या १९ वटा पुगेको छ । संघ नहुँदा प्रत्येक बीमा कम्पनीले बीमा समिति लगायत सरोकारवाला निकायहरुमा आ–आफ्नै समस्या मात्रै लिएर जाने हुँदा समग्र जीबन बीमाको बारेमा कुरा गर्ने संस्थाको खाँचो थियो ।

‘केही समयभित्रै एशोसिएशन औपचारिकरुमपा गठन हुन्छ,’ पाण्डेले भने, ‘एशोसिएशनले समग्र जीबन बीमाको हित र विकासका लागि काम गर्छ ।’