आर्थिक अराजकता बढ्यो, स्रोत नखुलाई झण्डै ४ खर्ब खर्च, यस्तो छ महालेखाको प्रतिवेदन « Eglish Khabarhub

आर्थिक अराजकता बढ्यो, स्रोत नखुलाई झण्डै ४ खर्ब खर्च, यस्तो छ महालेखाको प्रतिवेदन



काठमाडौं । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष सरकारी कार्यालको बेरुजु २९.९३ प्रतिशतले बढी देखिएको छ ।

महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनअनुसार संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, अन्य समिति र संस्थातर्फ लेखापरीक्षणबाट औल्याईएको अद्यावधिक बेरुजु ३ खर्ब ७७ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

यो वर्ष संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, अन्य समिति तथा संस्थातर्फ लेखापरीक्षणबाट औल्याईएको बेरुजू १ खर्ब ४१ अर्ब ५ करो रुपैयाँ रहेको छ ।

यो वर्ष ४ हजार ८४१ संघीय मन्त्रालय तथा निकायको रु.२० खर्ब ८ अर्ब ८४ करोड, प्रदेश मन्त्रालय तथा निकाय ६८, जिल्ला समन्वय समिति ७६, स्थानीय तह ७५३ मध्ये ७४७, विश्वविद्यालय, समिति, संस्था, प्रतिष्ठानलगायत ८८४ निकायको रु.३१ खर्व ५२ अर्व ८ करोडसमेत रु.५१ खर्व ६० अर्व ९२ करोडको लेखापरीक्षण सम्पन्न गरिएको छ ।

वित्तीय लेखापरीक्षणको अतिरिक्त २२ विषयको कार्यमूलक, ३ विषयको सूचना प्रविधिमा आधारित, १ विषयको वातावरणीय तथा २ विषयको विशेष लेखापरीक्षण गरिएको छ । लेखापरीक्षण गरिएका कार्यालयहरुको विवरण अनुसूची १, १क, १ख, २, ४ र १४ मा उल्लेख छ ।

Publish on: