२९ मंसिर २०८२, आइतबार

नेपाली सेनामा ८ हजार १०२ जनालाई जागिर खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेनाले ८ हजार १०२ जनालाई रोजगारी दिने भएको छ । नेपाली सेनाले मंगलबार एक सूचना मार्फत विभिन्न पदमा रोजगारीका लागि आवेदन दिन आग्रह गरेको हो ।

नेपाली भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले लेखा जमक, सहायक पण्डित हुद्दा, अमल्दार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य डाइभर, सैन्य वाद्यवाधन तथा विभिन्न ट्रेडका पदमा आवेदन माग गरेको हो ।

१८ वर्ष पूरा भई २६ वर्ष ननाघेका योग्य उम्मेदवारले आगामी जेठ १ गतेसम्म आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । सेनाका विभिन्न २९ स्थानमा अवोदन दिन सकिने सूचनामा जनाइएको छ ।