नेप्से सूचकसँगै बढ्यो कारोबार रकम « Eglish Khabarhub

नेप्से सूचकसँगै बढ्यो कारोबार रकम



काठमाडौं । सेयर बजारसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ । बुधबार नेप्से मापन गर्ने सूचक ४.९९ अंकले बढेर १२१७.०४ बिन्दुमा रोकिएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३२ अंकले बढेर २६१.५७ बिन्दुमा रोकिएको छ । यो दिन १७१ कम्पनीको २८ लाख १ हजार ६१३ कित्ता सेयर ८२ करोड १६ लाख ९८ हजार १० रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा बैंकिङ उप समूह ८.९३, होटेल १.६३, डेभलपमेन्ट बैंक ४.०९ र जीवन बीमा ३८.१९ अंकले बढेको छ भने माइक्रोफाइनान्स १४.०२, अन्य ०.२७, उत्पादन तथा प्रशोधन ८.४२, निर्जीबन बीमा ९.३८ अंकले घटेको छ ।

यो दिन कारोबार रकममा आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । बैंकको ७ करोड २६ लाख १५ हजार १५१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया र नेपाल बैंक रहेका छन् ।

कारोबारमा सिभिल लघुवित्त वित्तीय संस्था, यूनिभर्सल पावर कम्पनी, यूनाईटेड फाइनान्स, नबिल इक्वीटी फण्डका लगानीकर्ताले कमाएका छन भने कर्पोरेट डेभलपमेन्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, महिला सामुदायिक माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् ।

Publish on: