२८ मंसिर २०८२, शनिबार

कर नतिर्ने ९१ जना व्यवसायीलाई राजस्वको सूचना, १५ दिनभित्र नतिरे यस्तो कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आन्तरिक राजश्व कार्यालय धुलिखेलले समयमा नै कर नतिर्ने ९१ जनाको नाम सार्वजनिक गरेको छ । राजश्व कार्यालय धुलिखेलले कर बक्यौता फरफारक गर्नका लागि १५ दिने सूचना जारी गरेको छ ।

आगामी १५ दिनमा कर बक्यौता फरफारक नगर्ने कम्पनी तथा संस्थाहरुलाई आयकर ऐन २०५८ को दफा १०४ देखि ११ सम्मका कुनै प्रकृया वा मूल्य अभिवृद्वि कर ऐन २०५२ को दफा २१ (१) बमोजिम तरिका अपनाई व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका आवश्यक कानूनी कारबाही गरी बक्यौता असुल उपर गरिने जनाएको छ ।

राजश्व कार्यालयले सूचना जारी गर्दै बक्यौता फरफारक नगर्नेलाई पटक- पटक फोन सम्पर्क, पत्राचार गर्दा पनि बक्यौता दाखिला गर्न नआएको उल्लेख छ ।

कर बक्यौता फरफारक नगर्नेमा अधिकाशं काभ्रेपलाञ्चोक जिल्लाका करदाता रहेका छन् भने सिन्धुपाल्चोक, दोलखा, रामेछाप पनि करदाता रहेको बताइएको छ ।