२९ मंसिर २०८२, आइतबार

सिभिल बैंकको डेपुटी सीइओमा सुनिल पोखरेल, रिटेल बैंकिङमा दख्खल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिभिल बैंकले म्यानमारको बैंकमा काम गरिरहेका बैंकर सुनिल पोखरेललाई डेपुटी सीइओ बनाएको छ ।

एशिया ग्रीन डेभलपमेन्ट बैंक (एजीडी) मा रिटेल बैंकिङ प्रमुखको रुपमा कार्यरत पोखरेललाई अफर लेटर दिइसकिएको र पोखरेलले पनि लेटर बुझिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।

‘सुनिलजीलाई बैंकले डेपुटी सीइओको अफर लेटर दिइसकेको छ, उहाँले लेटर पनि बुझिसक्नु भएको छ,’ सीइओ गुरुङले भने, ‘केही दिनमै उहाँले अफिस जोइन गर्नुहुन्छ ।’

म्यानमारको एजीडी बैंकमा अझै केही दिन काम गर्नुपर्ने बाध्यता भएकाले पोखरेल संभवत जेठ महिनाको पहिलो सातादेखि मात्रै सिभिल बैंकमा हाजिर हुनेछन् ।

बैंक व्यवस्थापनले पोखरेललाई चैत तेस्रो साता डेपुटी सीइओको अफर लेटर दिएको थियो ।

‘उहाँ जुन दिन हाजिर हुनुहुन्छ, त्यही दिन अफल लेटर अनुसार नियुक्तिपत्र पाउनुहुन्छ,’ गुरुङले भने ।

बैंकको डेपुटी सीइओमा कार्यरत सुजित शाक्य जनता बैंकको डेपुटी सीइओ बनेर गएपछि रिक्त रहेको पदमा पोखरेललाई ल्याइएको हो ।

बिराटनर स्थायी घर भएका पोखरेलसँग स्ट्यान्डर्ड चार्टर्ड बैंकमा १९ वर्ष, एनआइसी एशिया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा अढाई वर्ष काम गरेको अनुभव छ ।

एनआइसी एशिया बैंकमा पोखरेलले रिटेल बैंकिङ हेर्नेगरी चिफ म्यानेजरको रुपमा कार्यरत थिए । नविल बैंकमा एजीएम भएर काम गरेका थिए ।

‘विदेशी बैंकमा काम गरेको व्यक्तिलाई बैंकको उच्च व्यवस्थापनमा ल्याउँदा विदेशी कल्चर पनि भित्रिने र रिटेल बैकिङ बैंकको आवश्यकता भएकाले पोखरेललाई ल्याइएको एक सञ्चालकले बताए ।