३० मंसिर २०८२, सोमबार

किर्ते कागजात बनाइ बैंकबाट ऋण लिने २ जनालाई प्रहरीले समात्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । किर्ते कागजात बनाई बैंकबाट ऋण लिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा आन्तरिक राजश्व कार्यालय,लाजिम्पाटबाट जारी गरिएको कर चुक्ता प्रमाण पत्रलाई किर्ते गरी झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा जारी भएको बनाएर कृषि विकास बैंकको स्वयम्भु शाखाबाट ऋण लिने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

किर्ते गर्ने झरना ह्युम्यान रिसोर्स प्रालिका संचालक चितवन पार्वतीपुर– ३ घर भई हाल काठमाडौं गोंगबु बस्ने बर्ष ३७ को शंकर धिताल र ।तनँहु भानु नगरपालिका घर भई हाल टोखा बस्ने बर्ष २२ को अनिल अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले किर्ते कागजात बनाएर ४० लाख रुपैयाँ ऋण लिएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले आज (२०७६÷१÷९ गते) जिल्ला अदालत काठमाण्डौको आदेशले दुवै जनालाई पुर्पक्षको लागि जेल चलान गरेको छ ।