१ पुस २०८२, मंगलबार

१८१ व्यापारीले कर नतिरेपछि बालाजु कर कार्यालयले निकाल्यो ७ दिने सूचना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजश्वको लक्ष्य भेट्टाउन नसकेको सरकारले पछिल्लो समय आन्तरिक राजश्व कार्यालयलाई कर उठाउनका लागि गरेको ताकेताका आधारमा आज पनि आन्तरिक राजश्व कार्यालय बलाजुले कूल १८१ व्यपारीलाई कर तिर्न आउन सूचना जारी गरेको छ ।

पटक पटक कर तिर्न आउन फोन तथा पत्राचार गर्दा समेत अटेर गरेको भन्दै सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कर तिर्न आउन सूचित गरेको हो ।

कर नतिर्नेमा गोपी कृष्ण हलका मालिका तथा नेपाल चलचित्र विकास कम्पनी लिमिटेडका सञ्चालक उद्धव पौडेल समेत रहेका छन् । अधिकाशं व्यापारीले मूल्य अभिवृद्धि कर र आय कर नतिरेको सूचनामा उल्लेख छ ।

यस्तै विभिन्न ठेकेदार तथा निर्माण व्यवसायीले समेत कर तिर्न अटेर गरेका छन् । उनीहरुले कर तिर्नुको साटो अटेर गर्दै बसेको पाइएको सूचनामा उल्लेख छ । विशेष गरी बालाजु क्षेत्रका व्यापाराी , व्यवसायी तथा ठेकेदारले आफूले चुक्ता गर्नुपर्ने कर तोकिएको समयमा चुक्ता नगरी राज्यको दायित्वलाई समेत पूरा नगरेको पाइएको छ ।

पटक पटक व्यवसायीको कार्यालय तथा सम्बन्धित स्थानमा भ्रमण गरी कर तिर्न आग्रह गरेको तथा कतिपय करदातालाई फोन सम्पर्क समेत नियमित रुपमा गरेको, सम्बन्धित कार्यालयको ठेगानामा पत्राचार समेत गरेको तथा केही व्यवसायीको कार्यालय फेला नपरी पत्र समेत फिर्ता आएकाले सार्वाजनिक जानकारीका लागि आन्तरिक राजश्व कार्यालय बालाजुले १८१ व्यापारीलाई कर तिर्न आउन सूचीत गरेको हो ।

तोकिएको समयभित्र कर तिर्न नआएको खण्डमा त्यस्ता व्यापारी तथा व्यवसायीलाई नेपाल बाहिर जान रोक लगाउने, आयात निर्यात रोक्का गर्ने, सम्पत्ति लिलाम तथा बिक्री गर्ने जस्ता कानुनी कारवाही गरिने छ ।

कारवाहीबाट बच्नका लागि तत्काल कर तिर्न समेत आन्तरिक राजश्व कार्यालयले सूचीत गरेको छ ।