काठमाडौं । धितोपत्र बोर्डले वस्तु विनिमय बजार (कमोडिटी) सञ्चालन गर्नका लागि पूर्व स्वीकृत लिनुपर्ने भएकोले दूई महिना भित्रमा आवेदन दिन इच्छुकलाई आग्रह गरेको छ ।
बजार सञ्चालन गर्नका लागि भन्दै यसअघि आवेदन दिएका पाँच वटा कम्पनीलाई कारण बिना नै लगभग एक वर्ष भन्दा लामो समयपछि अयोग्य घोषणा गरेर अब दुई वटा कम्पनीलाई मात्र आवेदन दिन सूचना जारी गरेको छ ।
बोर्डले बजार सञ्चालन गर्न स्वीकृत प्रदान गर्ने व्यवस्था गरेकोले इच्छुकहरुलाई दुई महिना भित्र तोकिएको कागजात तथा विवरणसहित बोर्डमा निवेदन दिन सूचना प्रकाशित गरेको छ ।
बोर्डले बजार सञ्चालन गर्न पूर्व स्वीकृत दिँदा कम्पनीको पुँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायीक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यताको आधारमा उत्कृष्ट दुईवटा आवेदनकलाई छनोट गरिने जनाएको छ ।
बोर्डले जारी गरेको सूचनामा वस्तु विनिमय सम्बन्धी ऐन २०७४ को व्यवस्था बमोजिम बजार सञ्चालनका लागि बोर्डको पूर्व स्वीकृत लिई संगठित संस्था स्थापना गर्नु पर्ने व्यवस्था रहेको जनाएको छ ।
SHARE YOUR THOUGHTS