काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि चीन भ्रमणमा गएकी छिन् । भ्रमणको उद्देश्य बेल्ट एण्ड रोडको सम्मेलनमा सहभागी हुन राष्ट्रपति चीन भ्रमणमा गएकी हुन् । भ्रमण दलमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलगायत पनि छन् ।
भ्रमणको क्रममा केरुङ काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने विषयमा प्रारम्भिक समझदारी हुन सक्ने अनुमान गरिएको छ ।
प्रारम्भिक अध्ययन भइसकेको र अध्ययन प्रतिवेदन समेत तयार भईसकेको र सरकारले ग्रहण गरिसकेको सन्दर्भमा आगामी दिनमा डिपिआरको काम अगाडि बढाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
राष्ट्रपतिको भ्रमणको क्रममा रेलमार्गको डिपिआरको विषयमा सहमति हुन सक्ने बताइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट डिपिआरको विषयमा चिनियाँ अधिकारीसँग छलफल भएको बताइएको छ ।
तर राष्ट्रपतिको भ्रमणको क्रममा नै डिपिआर तयार पार्ने विषयमा सहमति गर्न सक्ने राम्रो हुने सन्देश नेपाली अधिकारीले चिनियाँ अधिकारीलाई सुनाएका छन् । तर भ्रमणको क्रममा नै सम्झौता गर्ने कि, पछि गर्ने भन्ने बारेमा भने केही बताइएको छैन ।
नेपाली पक्षले भने राष्ट्रपतिको भ्रमणको क्रममा नै डिपिआर तयार पार्ने सम्बन्धी सम्झौता हुन सके त्यसले दुवै देशलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीले सम्झौता होस भन्ने पक्षमा नै आफूहरु रहेको बताएका छन् ।
हालसम्मको लागत अनुसार करिब ३ खर्बको उक्त परियोजनामा राष्ट्रपतिको भ्रमणमा नै सहमति हुँदा त्यसले दिने सार्थक सन्देशलाई चिनियाँले समेत आत्मसात गरेको हुन सक्ने बताइएको छ ।
तर रेल विभागका अधिकारीले भने सम्झौताको तयारी भए पनि आफूलाई त्यसबारेमा केही जानकारी नभएको बताएका छन् ।
उच्च राजनीतिक तहमा सम्झौता गर्ने तयारी भएको छ, सकेसम्म राष्ट्रपति चीन भ्रमणमा रहँदा नै सम्झौता हुन सक्छ, मन्त्रालयको बुझाइ छ ।
SHARE YOUR THOUGHTS