आमरण अनशन बसेका हरि ढकालको विश्लेषण: बजार बुलिस ट्रेन्डमा, १८८१ को रेकर्ड ब्रेक हुन्छ « Eglish Khabarhub

आमरण अनशन बसेका हरि ढकालको विश्लेषण: बजार बुलिस ट्रेन्डमा, १८८१ को रेकर्ड ब्रेक हुन्छ



काठमाडौं । सेयर लगानीकर्ता दबाब समूहको संयोजक हरी ढकालले अब नेपालको सेयर बजारले यस अघिको रेकर्ड तोड्ने दाबी गरेका छन्

क्लिकमाण्डुसँगको विशेष कुराकानीमा उनले अब नेपालको सेयर बजारले यस अघि रहेको १८८१ को रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाउने दाबी गरेका हुन् ।

ढकालले सेयर बजार अब बुलिस ट्रेन्डमा प्रवेश गरेको र यो रेकर्डलाई कसैले पनि रोक्न नसक्ने तर्क गरे । उनले भने ‘अब सेयर बजारले आफ्नौ गति लिएको छ, अहिले भएको कारोबारले पनि यहि देखाएको छ ।’

बियरिस ट्रेन्ड सकियो, अब नेप्से ३५०० अंकमाथि पुग्छः अम्बिका पौडेलको विश्लेषण (भिडियोसहित)

उनले बजार बढ्न आफूहरुले यस अघि लामो समयसम्म गरेको आन्दोलन पनि एक कारण भएको दाबी गरेका छन् ।

उनले भने ‘हामीले बजारको विकासका लागि भन्दै विभिन्न ३२ बुँदे माग राखेर आन्दोलन गर्यौ आन्दोलनका क्रममा हाम्रो धेरै माग पुरा भए, लगानीकर्ताहरुको माग पुरा भएसँगै बजार बढनु स्वभाविक हो, ।’

ढकालले बजार बुलीस ट्रेन्डमा गएको र यस अघिको रेकर्डलाई तोडने उल्लेख गरेपनि कति बिन्दुमा पुग्ने भनेर भन्न नसकिने तर्क गरेका छन् ।

अहिले नै यतिमा पुग्छ भनेर भनी हाल्ने सक्ने अवस्था नरहेको भन्दै उनले यतिउति बिन्दुमा बजार पुग्छ भनेर अंक नै तोकेर भन्न सकिँदैन ।

लगानीकर्ताले उठाएको मागमा पूँजीगत लाभकर साढे ७ प्रतिशत अन्तिम भन्ने विषय भने अझै टुंगो नलागेको र यो बजेटबाट सम्बोधन हुनुपर्ने बताए ।

Publish on: