काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा ४०.८१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालू आर्थिक वर्षको चैत मसान्तमा बैंकले उक्त नाफा बढाएको हो ।
बैंकले आइबार सार्वजानिक गरेको चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणमा ६० करोड २० लाख ७५ हजार रुपैयाँ नाफा गरेको उल्लेख छ । गत वर्षको यसै अवधिमा बैंकको नाफा ४२ करोड ७५ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.२६ र सञ्चालन नाफा ४१.२६ प्रतिशतले बढेको छ । चालु आवको तेस्रो त्रैमासमा १ अर्ब २९ करोड १२ लाख ४७ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवको सोहि अवधिको तुलनामा वर्ष ८८ करोड २८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।
यस्तै चालु आवको तेस्रो त्रैमासमा ९३ करोड २४ लाख ५१ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा गत आवको सोहि अवधिमा ६५ करोड ७६ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५ करोड २१ लाख ४९ हजार रुपैयाँ पुगेको छ । बैंकले ४१ अर्ब ८० करोड ४९ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३६ अर्ब ४५ करोड १९ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत आवको तेस्रो त्रैमासमा ०.०३ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा घटेर ०.१ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ १९ पैसा (बार्षिक) रुहेको बैंकको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा रहेको छ ।