२९ मंसिर २०८२, आइतबार

कस्ले तिरेन इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ? खराब कर्जा ३००%ले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुलुककै ठूला बैंकमध्येको एक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि ०७५ चैत मसान्त सुखद रहेन । बिजनेश ठीकठीकै बढ्यो ।
तर, बैंकको खराब कर्जा ह्वात्तै बढेर बैंक उच्च व्यवस्थापनको टाउको दुखायो । ०७४ चैतमा बैंकले प्रवाह गरेको कर्जामध्ये ०.७६ प्रतिशत मात्रै खराब कर्जा थियो ।

तर, ०७५ चैतसम्म आइपुग्दा ३०० प्रतिशतले बढेर बैंकले प्रवाह गरेको कूल कर्जामा ३.०४ प्रतिशत खराब कर्जा छ ।

चैत मसान्तसम्ममा बैंकले कूल १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । जसको ३ प्रतिशत भनेको पौने ४ अर्ब रुपैयाँ हो । अर्थात् इन्भेष्टमेन्ट बैंकले दिएको ऋणमध्ये पौने ४ अर्ब ऋण उठ्न सकेन ।

ऋण नउठेपछि बैंकले खराब कर्जाको ९३ प्रतिशत अर्थात् साढे ३ अर्ब रुपैयाँ प्रोभिजनिङ गरेको छ । कमाएको रकमबाट साढे ३ अर्ब रुपैयाँ खराब कर्जाको प्रोभिजनिङ गर्न खर्च गरेका कारण बैंकको नाफा घटेको छ । पछिल्लो ३ महिना महिनामा मात्रै बैंकको प्रोभिजनिङ १ अर्ब रुपैयाँले बढेको बैंक स्रोतले जानकारी दियो ।

१ प्रतिशतभन्दा तल खराब कर्जा भएको संस्थालाई राम्रो मानिन्छ । यस्तो खराब कर्जा ५ प्रतिशतभन्दा बढी भयो भने राष्ट्र बैंकले कारबाही गर्छ । अर्थात् त्यो संस्था जोखिमयुक्त मानिन्छ ।

यो अवधिमा नाफा १० प्रतिशतले घटेको बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

खराब कर्जा एक्कासी अस्वभाविकरुपमा बढेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे अत्तालिएका छन् ।

हप्तादिन अघिसीइओ पाण्डेले अब लोनको रिकोभरी बैंकको उच्च प्राथमिकता रहेको बताउँदै भाका नाघेको भोलिपल्टदेखि नै रिकोभरीमा लाग्न निर्देशन दिएका थिए ।

‘लोनको समय सकिएको १ महिनासम्म हामी कुरेर बस्छौं, सुनिलजी, जीबनजी अब यसरी कुरेर बस्ने होइन, मिति सकिएकै दिनदेखि रिकोभरी प्रोसेस अघि बढाउनुहोस्, अब हामीले फास्ट रिकोभरी नगरी हुँदैन,’ पाण्डेले भने, ‘रिकोभरीमा कुनै कम्प्रमाइज हुँदैन ।’

ठूला कर्पोरेट क्लाइन्ट अब बैंकलाई पुगिसकेको भन्दै एसएमी क्लाइन्ड बढाउन उनले निर्देशन दिए ।

‘ठूल्ठूला कर्पोरेट क्लाइन्ट हामीलाई पुगिसक्यो, कर्पोरेट क्लाइन्टले ब्याज पनि दिर्दैनन्, झगडा पनि गर्छन्,’ उनले भने, ‘आगामी आर्थिक वर्षदेखिको हाम्रो फोकश एसएमइमा हो, तपाईहरु सोही अनुसार लाग्नुहोस् । तर पर्सनल ग्यारेन्टीको लोन धेरै नपठाउनसहोस् । ’

स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट बैंकका सीइओको निर्देशन- एग्रेसिभ हुनुहोस्

खराब कर्जाका कारण नाफा घट्न थालेपछि पाण्डेले आगामी आर्थिक वर्ष फि एण्ड कमिशन बढाउन निर्देशन दिए । फि एण्ड कमिशन बढाउँदा ऋणीलाई आर्थिक भार बढ्छ ।

पाण्डेले कर्मचारीहरुलाई निर्देशन दिँदा ठूला र कर्पोरेट क्लाइन्टले ऋण तनिरेको पटकपटक उल्लेख गरेका छन् । बैंकको ऋण नतिर्ने ठूला क्लाइन्ट कुन कुन हुन् ? त्यसबारे भने बैंकले जानकारी दिएको छैन ।

प्रतिशतका आधारमा हेर्ने हो भने इन्भेष्टमेन्ट बैंकपछि एनआइसी एशिया, सेञ्चुरी, राष्ट्रिय वाणिज्य, मेगा र नेपाल एसबिआइ बैंकको खराब कर्जा अत्याधिक बढेको छ ।

चैत मसान्तमा २८ वाणिज्य बैंकमध्ये १२ बैंकको मात्रै खराब कर्जा घटेको छ । जनता, एनसीसी, कृषि विकास बैंक, एनएमबि, ग्लोबल, प्रभु, सनराइज, नेपाल, स्टयान्डर्ड चार्टर्ड, नबिल, सानिमा, एभरेष्ट बैंकको खराब घटेको हो ।

गत साउनदेखि चैत मसान्तको ९ महिनाको अवधिमा एनआइसी एशियाको १०४ प्रतिशत, सेञ्चुरी बैंकको १०१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४७ प्रतिशत, नेपाल एसबिआइ बैंकको ४६ प्रतिशतले बढेको हो ।

चैत मसान्तसम्ममा एनआइसी एशियाले प्रवाह गरेकोमध्ये ०.४५ प्रतिशत मात्रै खराब कर्जा छ । त्यसैगरी, राष्ट्रि वाणिज्य बैंकको ४.२८, सेञ्चुरीको १.५३, मेगाको १.४२ र एसबिआइ बैंकको ०.१९ प्रतिशत खराब कर्जा छ ।

१ प्रतिशतभन्दा तल खराब कर्जा भएको संस्थालाई राम्रो मानिन्छ । यस्तो खराब कर्जा ५ प्रतिशतभन्दा बढी भयो भने राष्ट्र बैंकले कारबाही गर्छ । अर्थात् त्यो संस्था जोखिमयुक्त मानिन्छ ।

०७५ चैत मसान्तसम्म आइपुग्दा २८ वटै बैंकहरुको खराब कर्जा औसतमा १.२६ प्रतिशतले बढेको छ ।

चैत मसान्तमा २८ वाणिज्य बैंकमध्ये १२ बैंकको मात्रै खराब कर्जा घटेको छ । जनता, एनसीसी, कृषि विकास बैंक, एनएमबि, ग्लोबल, प्रभु, सनराइज, नेपाल, स्टयान्डर्ड चार्टर्ड, नबिल, सानिमा, एभरेष्ट बैंकको खराब घटेको हो ।

बैंकको नाम चालु आव (%) मा गत आव (%) मा वृद्धिदर (%) मा
माच्छापुच्छ्रे 0.48 0.35 37.14286
सिटिजन्स बैंक 1.58 1.46 8.219178
नेपाल एसबीआई 0.19 0.13 46.15385
सिद्धार्थ 1.36 1.31 3.816794
एभरेष्ट 0.18 0.23 -21.7391
सानिमा 0.12 0.17 -29.4118
नबिल 0.64 1.07 -40.1869
स्यान्डर्ड चार्टर्ड 0.2 0.21 -4.7619
नेपाल 2.71 2.91 -6.87285
सनराइज 1.37 1.45 -5.51724
ग्लोबल आईएमई 0.76 1.29 -41.0853
प्रभु 2.42 3.9 -37.9487
एनएमबी 0.79 1.1 -28.1818
नेपाल बंगलादेश 1.86 1.77 5.084746
लक्ष्मी 1.2 1.16 3.448276
कुमारी 1.41 1.24 13.70968
मेगा 1.42 0.98 44.89796
बैंक अफ काठमाण्डू 2.12 1.82 16.48352
कृषि विकास बैंक 4.22 5.98 -29.4314
हिमालयन 1.31 1.19 10.08403
एनसीसी 3.26 3.97 -17.8841
नेपाल इन्भेष्टमेन्ट 3.04 0.76 300
सेन्चुरी बैंक 1.53 0.76 101.3158
जनता 1.21 1.95 -37.9487
सिभिल 3.96 3.74 5.882353
प्राइम 1.58 1.06 49.0566
एनआईसि एशिया 0.45 0.22 104.5455
राष्ट्रिय वाणिज्य बैंक 4.28 2.9 47.58621