३० मंसिर २०८२, सोमबार

धरानका ७४ व्यापारीलाई राजस्वको चेतावनी, ७ दिनभित्र कर तिर्न नआए नेपाल बाहिर जान नदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दैनिक जसो नै कर बक्यौताको सूचना जारी गरिएको छ । कर उठाउने सरकारको प्रयासका रुपमा यसलाई अथ्र्याउन पनि सकिन्छ ।

राजश्वको लक्ष्य भेट्टाउन सकसमा परेको सरकारले आन्तरिक राजश्व कार्यालयहरुलाई लक्ष्य पूरा गर्न र जसरी भएपनि कर उठाउन दिएको निर्देशनलाई कार्यान्वयन गर्न देशैभरका कर कार्यालयहरुले नियमित रुपमा कर उठाउन सूचना जारी गरेका छन् ।

आज पनि आन्तरिक राजश्व कार्यालय सुनसरीले एक सूचना प्रकाशित गरेको छ । अधिकाश व्यापारीले आयरक र मूल्य अभिवृद्धि कर तिरेका छैनन् ।

आन्तरिक राजश्व कार्यालय सुनसरीका अनुसार कूल ७४ व्यवसायीले तोकिएको कर नतिरेका कारण कर तिर्न ताकेता गरिएको हो । बक्यौता कर बुझाउन पटक पटक पत्राचार गरिएको, कर संकलन भ्रमण गरिएको र फोन सम्पर्क समेत गरिएको र पचात्रार गर्दा हुला कार्यालयबाट करदाताको कार्यालय समेत फेला नपरेको भन्दै पत्र फिर्ता आएपछि वाध्य भएर सार्वजनिक सूचना प्रकाशित गर्नुपरेको आन्तरिक राजश्वको भनाइ छ ।

सूचना प्रकाशति भएको मितिले ७ दिनभित्र बाँकी बक्यौता रहेको कर तिनृ आग्रह गरिएको छ । सो अवधि भित्र कर तिर्न नआएको खण्डमा आन्तरिक ओसार पसार एवम् आयात निर्यात रोक्का, बैंक खाता रोक्का, नपाल बाहिर जान रोक गरी चल अचल सम्पत्ति रोक्का गरी लिलामी एवम् बिक्री गरी कर उठाइने सूचनामा उल्लेख छ । तोकिएको अवधिभित्र कर बुझाउन सूचनामा उल्लेख गरिएको छ ।