निजामती कर्मचारीले भने – सञ्चय कोष कट्टी रकम २० प्रतिशत पुर्याउनु पर्छ « Eglish Khabarhub

निजामती कर्मचारीले भने – सञ्चय कोष कट्टी रकम २० प्रतिशत पुर्याउनु पर्छ



काठमाडौं । निजामती कर्मचारीहरुले सञ्चय कोष कट्टीमा दोब्बर बनाउनुपर्ने माग गरेका छन् । आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा समेट्नका लागि सुझाव दिँदै उनीहरुले सञ्चय कोष कट्टी रकम २० प्रतिशत पुर्याउनुपर्ने माग गरेका हुन् ।

निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले तयार पारी अर्थमन्त्रालयमा बुझाएको सुझावमा निजामती कर्मचारीको मासिक तलवबाट १० प्रतिशत कर्मचारी संचय कोष कट्टी गर्दै आएकोमा उक्त रकमलाई बृद्धि गरी २० प्रतिशत पु¥याउनु पर्ने व्यवस्था गर्न माग गरेका छन् ।

उनीहरुले बुझाएको सुझावमा सबै तहका कर्मचारी र निजका परिवारका लागि सहकारी सुपथ मूल्य पसल स्थापना गर्न समेत माग गरेका छन् । उनीहरुले राष्ट्रसेवक रास कार्डको व्यवस्था गरिनुपर्ने समेत व्यवस्था गरेका छन् ।

त्यस्तै, कर्मचारीलाई शैक्षिक, खाजा र शिशु स्याहार, पारवहन भत्ताको समेत व्यवस्था गर्न माग गरेका छन् ।

Publish on: