भारतीय प्रधानमन्त्री मोदीको सपथमा प्रधानमन्त्री ओली दिल्ली जाने « Eglish Khabarhub

भारतीय प्रधानमन्त्री मोदीको सपथमा प्रधानमन्त्री ओली दिल्ली जाने



फाइल फोटो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समथ ग्रहणमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् ।

लोकसभा निर्वाचनमा प्रचण्ड बहुमतमा साथ पुनः सरकार बनाउन लागेका मोदीले यो पटक सार्कलाई भने बाइबास गरेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार यो पटक मोदीले बिमस्टेक सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखलाई निम्ता दिएका छन् ।

औपचारिक रुपमा प्रधानमन्त्री ओली मोदीको सपथ ग्रहणमा जाने कुरा भने सरकारले बाहिर ल्याएको छैन । भारतीय संचारमाध्यमले बिमस्टेट सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरु सपथ ग्रहणमा सहभागी हुने जनाएका छन् ।

प्रधानमन्त्री ओली बिहीबार नयाँ दिल्ली प्रस्थान गरेर शुक्रबार नेपाल फर्कने छन् । नयाँ दिल्ली भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षिय भेटघाट गर्ने छन् ।

सन् २०१४ मा प्रधानमन्त्री बनेर सपथ लिदा मोदीले सार्क देशका सरकार तथा राष्ट्र प्रमुखलाई निम्ता दिएका थिए । त्यो बेला तत्कालिन प्रधानमन्त्री शुसील कोइरला मोदीको सपथमा सहभागी भएका थिए ।

Publish on: