काठमाडौं । सेयर बजारमा सामान्य सुधार हुँदा कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक २.५३ अंकले बढेर १३०५.४९ बिन्दुमा रोकिएको छ ।
१६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कम्पनीको ७५ करोड ६८ लाख ९१ हजार ६१३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । ११ समूहको कारोबारमा ६ वटा समूहको कारोबारमा सुधार देखिएको छ भने बाँकी समूहको कारोबारमा गिरावट देखिएको छ ।
मंगलबार बैंकिङ समूहको उपसूचक १.७९, डेभलपमेन्ट बैंक १७.७६, वित्त ३.३४, उत्पादन तथा प्रशोधन ३३.४७, अंकले बढेको छ । कारोबार रकमको आधारमा शिवम् सिमेन्टको १६ करोड ४४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै प्रभु बैंकको पनि १६ करोड १६ लाख ६७ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
मंगलबारको कारोबारमा ज्योति विकास बैंक,रिलायन्स फाइनान्स, शिवम् सिमेन्ट, स्पर्श लघुवित्त वित्तीय संस्था, कन्काई विकास बैंकका लगानीकर्ताले कमाउँदा माउन्टेन हाईड्रो, जोशि हाईड्रोपावर, हिमालयन डिस्ट्रिलरीका लगानीकर्ताले गुमाएका छन् ।
प्रभु बैंकको सबै भन्दा बढी २९,३६, ५९, ५५, १, १७ लगायतका ब्रोकरबाट बाइ भएको छ भने ४४ नम्बरको ब्रोकर बाट बढी सेल भएको छ । यस्तै अन्य ब्रोकर २८, ४३, ११ लगायतका ब्रोकरबाट बढी सेल भएको देखिएको छ ।
SHARE YOUR THOUGHTS