अर्थमन्त्रीसँग जहिल्यै रिसाउने ब्रोकर यसपटक खुसी भए, निकाले यस्तो वक्तव्य « Eglish Khabarhub

अर्थमन्त्रीसँग जहिल्यै रिसाउने ब्रोकर यसपटक खुसी भए, निकाले यस्तो वक्तव्य



काठमाडौं । स्टक ब्रोकर एसोसिएसनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको स्वागत गरेको छ । यसअघि सँधै अर्थमन्त्रीसँग रिसाउने गरेको ब्रोकरहरु यसपटक भने निकै नै खुसी देखिएका छन् ।

बजेट मार्फत दोस्रो बजारको सबै कारोबार विद्युतिय प्रणालीबाट गर्न लागेको, सरकारी ऋणपत्र कारोबारको लागि अनलाइन प्रणाली विकास गरिने गैरआवासीय नेपालीहरुलाई दोस्रो बजार मार्फत पनि लगानी गर्न सकिने व्यवस्था गरेकोले आगामी दिनमा धितोपत्र बजार फराकिलो हुने जनाएको छ ।

एसोसिएसनले बिहीबार विज्ञप्ति जारी गर्दै धितोपत्र कारोबारको लाभमा लाग्ने पुँजीगत लाभकरको गणना भारित औषत लागत विधिबाट गर्ने व्यवस्थाले लाभकर गणना विधिमा भएको अन्यौलता हटेको समेत जनाएको छ ।

लगानीकर्ताको लागतको तथ्याङक प्रणाली नै दिने व्यवस्थाले धितोपत्र कारोबारको पुँजीथत लाभकर संकलन तथा भुक्तानीमा सहजता आई धितोपत्र कारोबार थप पारदर्शी हुनेछ ।

पुँजीगत लाभकरको दरमा प्रोत्साहन स्वरुप गरिएको कटौतिले आम लगानीकर्ताहरुले दोस्रो बजारप्रति थप आकर्षित भई पुँजी बजारमार्फत राष्ट्र निर्माणको लागि छरिएर रहेको पुँजीको संकलन तथा परिचालन हुने बाताबरण बन्ने विश्वास रहेको एसोसिएसनले जनाएको छ ।

पूरा विज्ञप्ती हेर्न यहाँ क्लिक गर्नुहोस्

Publish on: