काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले जनतालाई राहत दिनको लागि बजेटमा करका दरहरु नबढाएको बताएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथि छलफलको सुरुवात गर्दै अर्थमन्त्री डा खतिवडाले स्वास्थ्यलाई खराब पार्ने र देशलाई असर गर्ने वस्तुहरुमा मात्र करको दर बढाएको बताए ।
उनले बजेटमा आयकरको न्यूनतम सिमा परिवर्तन गरेर निम्न मध्यमवर्गलाई राहत दिएको बताए ।
उनले आगामी वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगारी हटाउने काम बजेटले गरेको बताए ।
यो वर्ष ७ प्रतिशत आर्थिक बृद्धिदर हासिल भएको भन्दै अर्थमन्त्री खतिवडाले त्यो भन्दा बढी आर्थिक बृद्धिदर हासिल हुने बताए ।
SHARE YOUR THOUGHTS