महिलालाई सेयर बजारमा आरक्षण र लाभकर घटाउन अर्थमन्त्रीको प्रस्ताव « Eglish Khabarhub

महिलालाई सेयर बजारमा आरक्षण र लाभकर घटाउन अर्थमन्त्रीको प्रस्ताव



काठमाडौ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा महिलाका लागि आरक्षण अन्तर्गत लाभकर घटाउन प्रस्ताव गरेका छन् ।

शनिबार धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै खतिवडाले धितोपत्र बोर्डबाट महिलालाई लाभकरमा घटाउने प्रस्ताव आए आफू निकै सकारात्मक हुने बताए ।

‘हामीले महिलालाई घर जग्गा रजिस्ट्रेशन छुट दिने  प्रावधान लागू गरेपछि शहरी क्षेत्रमा २८ प्रतिशत घर जग्गाको स्वामित्व महिलाका नाममा आएको छ, त्यस्तै प्रस्ताव सेयर बजारमा गर्न सके राम्रो हुन्छ’ खतिवडाले भने ।

खतिवडाले सेयर बजारमा देखिएको करको समस्यालाई आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सम्बोधन गरेको बताए । त्यस्तै लाभकरलाई पनि ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झारेको बताए ।

Publish on: