काठमाडौं । सेयर बजारमा देखिएको गिरावट निरन्तर अघि बढी रहेको छ । मंगलबार पनि नेप्से मापन गर्ने सूचक ३.५० अंकले घटेर १२७२.४८ बिन्दुमा रोकिएको छ ।
मंगलबार १७४ कम्पनीको १८ लाख ७१ हजार ८०९ कित्ता सेयर ५० करोड २६ लाख ८२ हजार ८८१ रुपैयाँमा किनबेच भएको छ । १२ वटा समूहको कारोबार हुँदा व्यापार ११.७, होटल ६.९५, अन्य १.६९ अंकले बढेको छ भने बैंकिङ ३.०२, निर्जीबन बीमा कम्पनी ६१.३४, जीवन बीमा समूहको उपसूचक २७.३४ अंकले घटेको छ ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंकको संस्थापन समूह अग्रस्थानमा रहेको छ । बैंकको संस्थापन समूहको ७ करोड १२ लाख ६२ हजार २२२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः शिवम सिमेन्ट र प्रभु बैंक रहेका छन् ।
मंगलबारको कारोबारमा कमाउनेमा साल्ट टे«डिङ कर्पोरेशन, गनपति माइक्रोफाइनान्स वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, खानीखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाउँदा नेपाल हाईड्रो डेभलपर्स, मल्टिप्रपोज फाइनान्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS