काठमाडौं । सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७६–०७७ को लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीतर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा बेरोजगार युवालाई रोजगारी दिनका १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा प्रदेशमा रहेका बेरोजगार युवालाई सहुलियत दरमा कर्जा उपलब्ध गराई स्वरोजगार बनाउने उदेश्यले चालू आर्थिक वर्षमा सुरु गरिएको यवुा स्वरोजगार विकास कार्यक्रम सञ्चालन गर्ने कानूनी आधारको रुपमा पेश गरिएको स्वरोजगार विकास कोष विधेयक सदनबाट प्रमाणित भइ प्रमाणिकरणको प्रकृयामा रहेको उल्लेख छ ।
बजेटमा आधुनिक राजश्व प्रणालीको विकासबाट लगानी मैत्री वाताबरण सिर्जना गरी उत्पादनमुलक उद्योग तथा व्यवसाय प्रवद्र्धन र औद्योगिक संरक्षणमा टेवा प्रदान गर्ने, गैरकर राजस्वलाई समसामयिक लागत प्रभावी र पारदर्शी बनाइ थप राजस्व परिचालन गर्ने व्यवस्था गरिएको छ ।
SHARE YOUR THOUGHTS