एभरेष्ट र सिदार्थ बैंकबाट पैसा पठाएर यसरी भयो डलर अपचलन, विभाग दायर गर्यो मुद्दा « Eglish Khabarhub

एभरेष्ट र सिदार्थ बैंकबाट पैसा पठाएर यसरी भयो डलर अपचलन, विभाग दायर गर्यो मुद्दा



काठमाडौं । दुबईबाट भारत हुँदै नेपालमा पिभिसी जिप्सम लेमिनेटेड कलिङ बोर्ड आयात गर्ने भन्दै चुरोट चुरोट पैंठारी गर्ने चार जनालाई राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रुपन्देही बुटवल–४ का गौरीशंकर गुप्तासहित ४ जना विरुद्व मुद्दा दायर गरेको बताए । विभागले गुप्तासहित भारतीय नागरिकहरु आशुतोष त्रिपाठी, अखिलेश कुमार पाण्डे, रमेश कुमार र सन्तोष कुमार रहेका छन् ।

गुप्ताले भारतीय नागरिकसँगको मिलेमतोमा दुबईबाट पिभिसी जिप्सम लेमिनेटेड कलिङ बोर्ड आयात गर्ने भनी विदेशी मुद्रा बैंक मार्फत टिटि गरी पठाएकोमा दुबईबाट भारतमा चुरोट ल्याई भारत नै बिक्री गरेको र भारतमा बनेको कलिङ बोर्ड लोड गरी नेपाल ल्याएको मैनालीको भनाई छ । उनीहरुले नक्कली कागजात तयार पारेर विदेशी विनिमय अपचलनका साथै भारतीय बाव बेसिन चोरी पैठारी गरी राजस्व चुहावट गरेको विभागको ठहर छ ।

उनीहरुले दुबईबाट उक्त मालसामान नेपालमा नल्याई भारतमा चुरोट तस्करी गरेको विभागले जनाएको छ । भारतीय नागरिकहरुले जागिर लगाइदिने भनी नेपाली नागरिक भुपाल चन्द्र प्रोपाइटर रहेको पशुपति इन्टरनेशनल र चन्द्रकला आचार्य प्रोपाइटर रहेको शुभ इन्टरप्राइजेजको नाममा रहेको फर्मबाट राजस्व चुहावट गरेका हुन ।

उनीहरुले दुबईबाट  बोर्ड आयात गर्ने भने पनि उक्त सामान नल्याई चुरोट ल्याएको र उक्त कन्टेनर भारतको गोरखपुरमा चुरोट अनलोड गरी सोही कन्टेनरमा भातमा बनेको कलिङ बोर्ड लोड गरी नक्कली सिल लगाई दुबईबाट आयात गरेको भन्ने नक्कली कागजात तयार पारी भन्सार जाँचपास गराइ नेपालमा भित्र्याएको विभागको ठहर छ ।

दुई वटै फर्मले दुबईबाट भारतको बाटो हुँदै आयात गर्ने भनि एभरेष्ट बैंक र सिद्धार्थ बैंकबाट टीटी मार्फत ६ हजार ३४३ अमेरिकी डलर नेपाली रुपैयाँ ६ लाख ८० हजार ७५३ रुपैयाँ दुबई पठाएको थिए । उक्त रकम बराबरको सामान दुबइबाट नेपालमा नै नल्याई भारतबाट भारतमा नै बनेको सामान ल्याएको देखिएको छ ।

विभागले अहिले प्रतिवादीहरुलाई विदेशी विनिमय ऐन २०१९ अनुसार विगो ६ लाख ८० हजार ७५३ रुपैयाँ कायम गरेको छ । साथै उनीहरुको गोदाममा रहेको ४३२ सेट वास बेसिन को भन्सार राजस्व तिरी आयात गरेको तथा स्थानीय खरिद गरेको बिलबिजक लगायत कागजात पेश गर्न नसकेकोले सोहि ऐन अनुसार ५ लाख ९३ हजार ३७७ रुपैयाँ कायम गरी भुपाल चन्द, चन्द्रकला आचार्य, गौरीशंकर गुप्ता र खेमराज भुसाललाई असार १ गते (हिजो) रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

Publish on: