१ पुस २०८२, मंगलबार

सडक बत्तिको महशुल भुक्तानीका विषयमा चन्द्रागिरिका वडाध्यक्ष र प्राधिकरणबीच जुहारी (पत्रसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण कुलेश्वर वितरण केन्द्रले ७ दिनभित्र चन्द्रागिरी नगरपालिका वडा नं १५ लाई सडक बत्तीको महसुल बुझाउन आग्रह गरेको छ ।
उक्त वडा कार्यालय अन्तरगत विभिन्न स्थानमा प्राधिकरणको स्वीकृति नलिई बत्ती जडान भएको र बत्ती समेत बालेको पाइएकाले तत्काल सम्झौताका लागि आउन र महसुल तिर्न आग्रह गरेको हो । बत्ती बालेको छ वा बाल्नुपर्ने हो सो को अविलम्ब सम्झौता गर्नका लागि अनुरोध गरेको छ ।

७ दिनभित्र कार्यालयमा सम्कर्प गर्न नआएको जडान भएको सडक बत्ति हटाउन कार्यालय बाध्य हुने चेतावनी समेत दिएको छ ।

वितरण केन्द्र प्रमुख रोशन खड्काले उक्त पत्र पठाएका हुन् । तर चन्द्रागिरी नगरपालिका वडा नं १५ का वडाध्यक्षले भने नेपाल विद्युत् प्राधिकरण २०४१ को दफा ३२ विपरित गएर पोल तथा अन्य संरचनाको भाडा तिर्न भनेका छन् ।

उक्त ऐनले प्राधिकरणको कुनै पनि संरचनामा स्थानीय कर नलाग्ने भन्ने व्यवस्था छ । उक्त व्यवस्था विपरित सडक बत्ती पैसा नतिरीकन बाल्न पाउनुपर्छ भन्ने आसयका साथ पत्र बुझेका छन् ।

वडा अध्यक्षले विसं २०२८ देखि हालसम्म यस क्षेत्रभित्र रहेका नेपाल विद्युत् प्राधिकरणका तार, पोललगायतका संरचनाको भाडा यस वडा कार्यालयमा भुक्तानी गरेपछि मात्रै सडक बत्ती महसुल तिर्ने शर्तमा यो पत्र बुझेको बताएका छन् ।

यही असार ४ गतेको हस्ताक्षर रहेको उक्त वडा कार्यालयका अध्यक्षले प्राधिकरणको पत्र समेत बुझ्न नमानेको प्राधिकरणको कुलेश्वर वितरण केन्द्रले जनाएको छ ।