काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त कम्पनीबीच आज आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको हो ।
बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।
सम्झौतापत्र अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले यस बेंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन्।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सेवा सञ्चालनबाट ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बीमा सम्बन्धी सुविधा प्राप्त गर्न सक्ने सुविधाको थालनी गरेको हो ।
SHARE YOUR THOUGHTS