काठमाडौं । बालुवाटार जग्गा प्रकरणले दुईतिहाई प्राप्त नेकपाको सरकारलाई रक्षात्मक बनाइदियो । कारण थियो शक्तिशाली पार्टीका महासचिव विष्णु पौडेल समेत त्यसमा जोडिए ।
सरकारी जग्गा नै भूमाफियाले कब्जा गरेको तथ्य सार्वजनिक भएपछि सरकारले पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वका छानबनि समिति बनायो । करिब ६ महिना लगाएर गरिएको अध्ययनमा सरकारी जग्गा नै व्यक्तिको नाममा दर्ता गरिएको खुल्यो ।
उक्त प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसनधान आयोगले समेत छानबनि गर्यो । छानबिनका क्रममा केही तथ्य फेला परेपछि अख्तियारले बुधबार पनि गोरखापत्रमा एक सूचना प्रकाशित गर्यो ।
आयोगले आज पनि सोही सूचना दोहार्याएर प्रकाशन गरेको छ । सूचनामा भनिएको छ– कूल ८६ जनालाई सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अख्तियारको सम्पर्कमा आउन भनिएको छ ।
हाडीगाँउ मौजा ४५६ को लगत भिड्ने ललिता निवास क्याम्प भित्र पर्ने काठमडाौँ बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीको समेत मिलेमतोमा गैरकानूनी तरिकाले व्यक्तिको नाममा दर्ता गरिएको पाइएकाले सत्थय तथ्य बुझ्न बोलाइएको हो ।
आयोगले भाटभटेनी डिपार्टमेन्ट स्टोरका प्रमुख लगानीकर्ता मिनबहादुर गुरुङका आफन्तदेखि भूमाफिया भनेर चिनिएका व्यक्तिलाई समेत बयानका लागि बोलाएको छ । तर रमायलो त के भने नेकपाका महासचिव विष्णु पौडेलका छोरालाई भने बयानका लागि बोलाइएको छैन ।
आयोगले आज प्रकाशित गरेको सूचनामा उनको नाम समावेश छैन । आयोगले सरकारी जग्गा व्यक्तिको नाममा बनाउन प्रमुख भूमिका खेल्ने शोभाकान्त ढकाल, हुपेन्द्रमणि केसी र रामकुमार सुवेदीलाई समेत बयाना लागि बोलाएको छ । हेर्नुस अख्तियारले को कसलाई बयानका लागि बोलायो सूचिसहित ।
SHARE YOUR THOUGHTS