१ पुस २०८२, मंगलबार

अदालतको आदेशपछि ज्ञानेन्द्रलाल प्रधानले तिरे १ करोड ३ लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । जिल्ला अदालत काठमाडौं तहसिल शाखाले नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडलाई युनिक हाइडेल कम्पनीबाट १ करोड ३ लाख ४५ हजार ३७७ रुपैया दिलाई दिएको छ ।

अदालतले सोमबार उक्त रकम उपलब्ध गराइदिएको हो ।

युनिक हाइडेल कम्पनी लिमिटेडको स्वामित्वमा रहेको सिन्धुपाल्चोक स्थित बराम्ची जलविद्युत आयोजनाको निर्माण तथा मर्मतका लागि लाग्ने सामान तथा आवश्यक जनशक्ति नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले आपूर्ति गरेबापत उक्त रकम भुक्तानी गर्नुपर्नेमा नगरेकोले २०६८ जेठ ५ गते रुपन्देही जिल्ला अदालतमा युनिक हाइडेल र सोका पदाधिकारी ज्ञानेन्द्रलाल प्रधान समेतलाई विपक्षी बनाइ नेपाल हाइड्रोले उक्त रकम र सोमा ब्याज समेत दावी गरी निवेदन दिएको थियो ।

उक्त अदालतले २०७० साल बैशाख १६ गते नेपाल हाइड्रोले उक्त रकम पाउने तर त्यसमा ब्याज नपाउने फैसला गरेकोमा दुबै पक्षले बुटवल पुनरावेदन अदालतमा पुनरावेदन गरेकोमा २०७१ मंसिर २४ गते जिल्ला अदालतको फैसला नै सदर भएको थियो ।

तर युनिक हाइडेल २०७२ बैशाख २७ मा सर्वोच्च अदालतमा मुद्दा दोह¥याउन निवेदन दिएकोमा २०७४ असोजम ३० मा दोह¥याइ हेर्ने अनुमति नदिने निर्णय गरेपनि अदालतको फ्रैसला बमोजिमको रकम भुक्तानी नदिएर अनावश्यकरुपमा झुलाएकोले युनिक हाइडेल र ज्ञानेन्द्रलाल प्रधान समेत विरुद्ध रुपन्देही जिल्ला अदालतमा फैसला कार्यान्वयन गरिनको लागि २०७४ पुसमा नेपाल हाइड्रोले निवेदन दिएकोमा मुद्दा सरुवा भई काठमाडौं जिल्ला अदालत आएको थियो ।

उक्त अदालतको तहसिल शाखाले मिति २०७६ जेठ १७ गते नेपाल विद्युत प्राधिकरणलाई एक पत्र लेखेर नेपाल हाइड्रोको बिगो भराउने प्रयोजनार्थ युनिक हाइडेल कम्पनी प्रा.लीको बिपक्षी प्रतिवादीलाई ताँहाबाट भुक्तानी हुने वार्षिक रकम मध्येबाट १ रोड ३ लाख ४५ हजार ३७७ रुपैयाँ रकम रोक्का राखी रोक्का रहेको जानकारी काठमाडौं जिल्ला अदालतलाई पठाइदिन आदेश जारी भएको थियो ।

सोही आदेश पश्चान युनिक हाइडेलले काठमाडौं जिल्ला अदालतमा उक्त रकम दाखिला गरेकोमा सोहि रकम नेपाल हाइड्रोले भुक्तानी पाएको हो । सुरुमा युनिक हाइडेलका संस्थापक अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान नै थिए । उनले २०६० माघ देखि २०७१ साल असार सम्म नेपाल हाइड्रोका पनि अध्यक्ष थिए ।