काठमाडौं । साताको पहिलो दिन आइतबारबाट नै सेयरमा गिरावट देखिएको छ । नेप्से मापन गर्ने सूचक ४.४५ अंकले घटेर १२५६.०४ बिन्दुमा रोकिएको छ ।
१७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता सेयर ५४ करोड ५ लाख २९ हजार ४६५ रुपैयाँमा किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा होटल, डेभलपमेन्ट बैंक, वित्त कम्पनी, निर्जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन र म्यूचुअल फण्ड समूहको उपसूचकमा सुधार आएको छ भने बाँकीमा गिरावट देखिएको छ ।
कारोबार रकमको आधारमा सिभिल बैंक अग्रस्थानमा रहेको छ । सिभिल बैंकको ५ करोड ९७ लाख ८० हजार ७४८ रुपैयाँको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः मेगा बैंक र नेपाल बैंक रहेका छन् । आइतबारको कारोबारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, दिब्यश्वरी हाईड्रोपावर, रैराङ हाईड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, खानीखोला हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS