काठमाडौं । धितोपत्र बजारको विकास र विस्तारका लागि भन्दै ९ वर्षअघि पूँजीबजार सम्बन्धि कोर्स डिजाइन गरी विश्वविद्यालयमा अध्यापन गराउनका लागि धितोपत्र बोर्डमा अध्ययन समितिले सुझाव पेश गरेको थियो ।
स्वदेशी विश्वविद्यालय तथा विदेशी संस्थाबाट मान्यता लिएर अध्यापन सुरु गर्नका लागि सन् २०१४ मा बोर्डमा अध्ययन समितिले सुझाव पेश गरेको थियो । तर हालसम्म पनि कुनै उल्लेख्य प्रगति भने हुन सकेको छैन् ।
त्यस्तै, पाठ्यक्रमको आवश्यकता महसुस गरी झण्डै ३ महिनाअघि अर्को सुझाव पेश भएको पाठयक्रम परिमार्जन सुझाव तथा समन्वय कार्यदलका एक सदस्यले बताए ।
उक्त प्रतिवेदनमा पुँजी बजार, बीमा, बैंक तथा वित्तीय संस्थाको विभिन्न विषयलाई पाठयक्रम बनाएर प्लस टु तह र स्नातक तहमा अध्यापन गर्नुपर्ने सुझाव दिइएको छ । यता लगानीकर्ताहरुले बजारको विकास विस्तार र तथा वित्तीय साक्षरताका लागि बोर्डले प्रभावकारी काम नपरेको आरोपलाई पुष्टि गरेको छ ।
समितिले ३ महिना अघि प्रतिवेदन तयार पारेर राष्ट्र बैंकमा बुझाइ सकेको छ ।
उक्त समिति झण्डै ६ महिना अघि बनेको संयोजक नेफिल मतङकी मास्केले बताए । अन्य कुराहरु केही समयमा सार्वजनिक हुने उनको भनाइ छ ।
पाठयक्रमले वित्तीय क्षेत्रमा दक्ष जनशक्ति निर्माण गर्न पनि सहयोग पुग्ने ती सदस्यको विश्वास छ ।
बजार विकास र विस्तारको लागि भन्दै तयार पारेको पञ्चवर्षीय रणनीतिक प्रतिवेदनमा पाठयक्रम विकास बोर्डले निर्माण गर्नुपर्ने सुझाव दिइएको थियो ।
बोर्डले उक्त प्रतिवेदनमा उल्लेख भएको सुझाव समयमा नै पालना नगरेपछि २०७३ पुस २२ को मन्त्रिपरिषदले पुँजी बजार तथा वित्तीय क्षेत्रलाई समेटेर पाठयक्रम बनाउने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार राष्ट्र बैंकका कार्यकारी निर्देशकको संयोजकत्वमा पाठयक्रम परिमार्जन सुझाव तथा समन्वय कार्यदल बनेको थियो ।
उक्त समितिमा राष्ट्र बैंकका संयोजक, सदस्यसचिव र सदस्यसहित तीन जना, धितोपत्र बोर्डका एक जना, बीमा समितिको १ जना र विज्ञान तथा प्रविधि मन्त्रालयको एक जना र अर्थमन्त्रालय सहित ७ सदस्यीय कार्यदल छ ।
SHARE YOUR THOUGHTS