नेपाली सेनामा जागिर खुल्यो, विभिन्न विधामा कर्मचारी माग « Eglish Khabarhub

नेपाली सेनामा जागिर खुल्यो, विभिन्न विधामा कर्मचारी माग




काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ । विभिन्न १२ पदमा २२ जनाका लागि जागिर खुलाएको हो ।

नेपाली सेनाको श्री बलाध्यक्ष विभागद्धारा प्रकाशित सूचना अनुसार देशभर रहेका नेपाली सेनासम्बद्ध विभिन्न विभागहरुमा प्रमुख संचालन अधिकृत, कार्यकारी अधिकृत, कार्यालय प्रमुख, सेनानी, आया, पी.जी.टी कम्प्युटर, लेखा, रसायन, खेलकुद, लाइभस्टक, कृषि प्रशिक्षक, लाइब्रेरियन, ल्याब टेक्निसियन जस्ता विभिन्न क्षेत्र र पदमा जागिर खुलाएको छ ।

आबेदन दिन चाहाने इच्छुक आवेदकहरुले सूचना प्रकाशित भएको मितिलृ १५ दिनभित्र कार्यालय समयमा श्री कल्याणकारी योजना निर्देशनालय, जङगी अड्डा तथा सम्वन्धित कार्यालयहरुमा दरखास्त भनुपर्नेछ ।

Publish on: