आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २ करोड पुग्यो, मर्जरमा जाने अधिकार संचालक समितिलाई « Eglish Khabarhub

आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २ करोड पुग्यो, मर्जरमा जाने अधिकार संचालक समितिलाई



काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको बार्षिक साधारण सभाले सेयरधनीलाई दिन लागेको ५ प्रतिशत बोनस सेयर पारित भएको छ ।

बोनस सेयर पारित भएपछि कम्पनीको चुक्त पूँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुगेको छ । निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब हुनुपर्ने व्यवस्था छ ।

साधारणसमा शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले आफनो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट सहज सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

उनले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे ।

साधारणसभाले मर्जर र एक्वाएर गर्ने अधिकार संचालक समितिलाई दिएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ७७ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेर १५ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अहिलेसम्म १ अर्ब २१ करोड रुपैयाँको बीमा शुल्क आर्जन भएको जानकारी कम्पनीले दिएको छ ।

Publish on: