१ पुस २०८२, मंगलबार

लाभकर गणनाविधिको समस्या समाधान गर्न अर्थ मन्त्रालयमा बसेको बैठक बिनानिष्कर्श टुंगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पुँजीगत लाभकर गणना विधिमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयमा बसेको बैठक बिनानिश्कर्ष टुंगिएको छ ।

भारित औषत लागत विधिबाट पुँजीगत लाभकर गणना विधि टुंग्याउन भन्दै राजस्व सचिव लालशंकर घिमिरेको सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएससी र धितोपत्र बोर्डका अधिकारी बोलाएको बैठक बिना निश्कर्ष टुंगिएको हो ।

सोमबार भएको बैठक निश्कर्षमा नपुगेपछि सचिव घिमिरेले यो समस्या समाधान गर्नको लागि भोली (मंगलबार) महालेखापरीक्षकको कार्यालय र आन्तरिक राजश्व विभागलाई पनि राखेर निर्णय निकाल्न निर्देशन दिएका छन् ।

मन्त्रालय स्रोतका अनुसार सचिव घिमिरेले लगानीकर्ताहरुलाई ब्रोकरकोमा पुगेर सहिछाप लगाउनु पर्ने अव्यवहारिक काम तत्काल रोकिने गरी चाँडो भन्दा चाँडो काम गर्न निर्देशन दिएको बैठक अवधिमा मन्त्रालयमा रहेकी नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । भोली हुने छलफलको लागि महालेखा र विभागलाई पनि जानकारी गराइएको बताइएको छ ।

मन्त्रालयमा आज बसेको बैठकले लाभकर गणना विधि टुंग्याउने सबै लगानीकर्ताको अपेक्षा भएपनि भोलीसम्म यो विषय निश्कर्षमा पुग्ने संघकी अध्यक्ष पोखरेलले बताइन् ।

बजेटमा भारित औषत लागतको आधारमा भनेर आएपनि त्यसको कट अफ (लागत निर्धारण) कहिलेबाट हो ? त्यसको विधि के हो ? आएको छैन ।

लागत निर्धारण समयावधि असार मसान्तलाई लागत निर्धारण राख्ने तयारीमा नियामक रहेपनि लगानीकर्ता भने उत्तर कुमार खत्रीको संयोजकत्वमा गठित समितिले तयार गरेको रिपोर्टमा २०७२ पुस मसान्तलाई कट अफ राख्ने भनेको थियो त्यही नै हुनुपर्ने अडानमा रहेका छन् ।