सामाजिक सञ्जालमा हुने विज्ञापन वापत विदेशिने मुद्रा रोक्न नीतिगत व्यवस्था गरिने « Eglish Khabarhub

सामाजिक सञ्जालमा हुने विज्ञापन वापत विदेशिने मुद्रा रोक्न नीतिगत व्यवस्था गरिने



काठमाडौं । सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी वापत जाने विदेशी मुद्राको व्यवस्थापनका लागि नेपाल रााष्ट्र बैंकले नयाँ नीति तर्जुमा गर्ने भएको छ ।

त्यस्तो नीति अनलाइनमार्फत हुने विज्ञापन वापत विदेशी मुद्रामा हुने भुक्तानीमा समेत आकर्षित हुनेछ । अनौपचारितक तथ्यांक अनुसार फेसबुकले मात्रै नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँ लैजाने गरेको छ ।

विदेशमा दर्ता भएका फेसबुक ट्विटर, युट्यवलगायतका सामाजिक सञ्जालमार्फत विदेशी मुद्रा बाहिरिने गरेको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको बुँदा नम्बर १३८ मा भनिएको छ, ‘सामाजिक सञ्जाल तथा अनलाइनमार्फत हुने विज्ञापन वापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तीको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।’

Publish on: