काठमाडौं । अविरल वर्षाका कारण लमजुङको दोर्दी करिडोरमा निर्माणधिन जलविद्युत आयोजनामा कार्यरत ८ कामदारको मृत्यु भएको छ । बाढीले १० जना कामदार वेपत्ता भएका छन् ।
लिवर्टी हाइड्रोपावरमा कार्यरत मजदुरलाई अचानक आएको बाढीले बगाएको हो ।
बुधबार बिहानदेखि लमजुङ र आसपासका क्षेत्रमा अविरल वर्षा हुँदा लिवर्टी हाइड्रोपावरको बाँध स्थलमा क्षति भएको हो ।
आयोजनास्थल सदरमुकारदेखि २५ किलोमिटरको दूरीमा रहेको र कच्चीबाटो भएकाको उद्दारमा ढिलाइ भएको छ ।
SHARE YOUR THOUGHTS