२८ मंसिर २०८२, शनिबार

महासंघ अध्यक्ष राणाले भनिन्- मौद्रिक नीतिले उद्योगी/व्यवसायीले खोजेको सुविधा दिएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले राष्ट्र बैंकले आज सार्वजानिक गरेको मौद्रिक नीतिले उद्योगी÷व्यवसायीले खोजेको सुविधा नदिएको प्रतिक्रिया दिएकी छिन् ।

‘हाम्रो चासो भनेको तरलताको सम्बोधन कसरी हुन्छ र ब्याजदर कसरी घट्छ भन्ने थियो,’ अध्यक्ष राणाले क्लिकमाण्डूसँग भनिन्, ‘तर, राष्ट्र बैंकले मौद्रिक नीतिमा सम्बोधन गरेको देखिएन ।’

राष्ट्र बैंकले अरु उपायबाट ब्याजदर घटाउन खोजेको देखिए पनि उद्योगी व्यवसायीको माग अनुसार स्प्रेड दर घटाउन नसकेको उनले बताइन् ।

‘हामीले स्प्रेड दर ३.५ प्रतिशतमा झार्नुपर्छ भनेका थियौं तर राष्ट्र बैंकले ४.४ प्रतिशतमा मात्रै झारेको छ, यसले अपेक्षितरुपमा ब्याजदर घट्ने देखिँदैन,’ उनले भनिन् ।

यद्यपि सेवा शुल्क घटाएर राष्ट्र बैंकले राम्रो गरेको उनको भनाई छ ।

त्यसैगरी, १ खर्ब रुपैयाँको पुनकर्जा कोष बनाउनुपर्ने व्यवसायीहरुको माग पनि मौद्रिक नीतिले सम्बोधन नगरेको राणाको गुनासो छ ।

कृषि, साना तथा मझौला व्यवसाय लगायतमा मौद्रिक नीतिले सम्बोधन गरेको उनको भनाई छ ।

‘हामी विस्तृतरुपमा अध्ययन गरेर केही दिनमै आधिकारिक धारणा सार्वजानिक गर्छौं,’ उनले भनिन् ।