काठमाडौं । बैकिंङ कसूर मुद्दामा फरार रहेका पृथ्वीराज चेमजोङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको छ ।
प्रभु बैंकमा रहेको खातामा पैसा नभए पनि मञ्जु श्रेष्ठलाई १० लाख ९४ हजार ५ सयको चेक दिएका चेमजोङलाई ब्यूरोले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।चेक बाउन्स भएपछि श्रेष्ठले उनीविरुद्ध चेक बाउन्सको मुद्दा दायर गरेकी थिइन् ।
उच्च अदालत पाटनको २०७५ पुस १७ गतेको फैसलाले जिल्ला पाँचथर साविक यासोक गा.वि.स–८ घर भई जिल्ला भक्तपुर स.न.पा– २ बालकोट बस्ने चेमजोङलाई १५ दिन कैद र १० लाख ९४ हजार ५ सय रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
उनले आर्थिक व्यवहार मिलाउने भनी श्रेष्ठसँग ऋण सापटी लिएका थिए । तर उक्त पैसा भुक्तानीका समयमा चेमजोङले २०७० साल असार १४ गते पैसा नभएको खाताको चेक श्रेष्ठलाई दिएका थिए । पक्राउ परेलत्तै ब्यूरोले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।
SHARE YOUR THOUGHTS