सिटिजन्स बैंकले ल्यायो एक्सप्रेस बैंकिङ इन्टरनेट बैकिङ्ग सेवा « Eglish Khabarhub

सिटिजन्स बैंकले ल्यायो एक्सप्रेस बैंकिङ इन्टरनेट बैकिङ्ग सेवा




काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नत्ती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैकिङ्ग सेवालाई विस्थापित गरी नयाँ नामक एक्सप्रेस बैंकिङ इन्टरनेट बैकिङ्ग सेवा शुभारम्भ गरेको हो ।

नयाँ इन्टरनेट बैकिङ्ग मार्फत स्टेटमेण्ट हेर्न, बैंक भित्र तथा अन्य बैंकमा रहेको खातामा रकम ट्रान्सफर गर्न, विजुली, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने बैंकले जनाएको छ । यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहकले घरमै बसेर विभिन्न सुविधाहरु उपभोग गर्न सक्नेछन । अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ ।

Publish on: