काठमाडौं । नेपाल एसबिआई बैंकले २ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ३ करोड थियो ।
बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ५९ करोड गरेको जनाएको छ । यसो हुँदा बैंकले सेयरधनीलाई १८ प्रतिशत लाभांश दिन्छ । अघिल्लो आर्थिक वर्षमा बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिएको थियो । सो हुँदा अघिल्लो वर्षको भन्दा बढी नै लाभांश भने दिनसक्छ । यद्यपी वार्षिक वित्तीय विवरण सार्वजनिक हुँदा विवरण फरक पर्छ ।
एसबिआई बैंकले असार मसान्तसम्मा ९७ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८४ अर्ब ३० करोड रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्षको असार मसान्तमा बैंकमा ८४ अर्ब २२ करोड निक्षेप थियो भने कर्जा ७२ अर्ब ३६ करोड थियो ।
बैंकको इपिएस २७.२६ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात पनि कम अर्थात ०.२० प्रतिशत रहेको छ ।
बैंकको बेसरेट ९.७२ प्रतिशत छ भने स्प्रेड ४.४३ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ७४.३८ प्रतिशत छ । यसले बैंकलाई अहिलेको निक्षेपको आधारमा कर्जा लगानीको लागि स्पेश रहेको देखिन्छ ।
SHARE YOUR THOUGHTS