लाभकर गणना विधिको विरोध गर्दै सेयर लगानीकर्ता धितोपत्र बोर्ड पुगे, आन्दोलनमा उत्रन गरे आव्हान « Eglish Khabarhub

लाभकर गणना विधिको विरोध गर्दै सेयर लगानीकर्ता धितोपत्र बोर्ड पुगे, आन्दोलनमा उत्रन गरे आव्हान




काठमाडौं । सेयर बिक्रीको लाभकर गणना विधिमा असन्तुष्टि जनाएका लगानीकर्ताहरु विरोध जनाउन धितोपत्र बोर्ड पुगेका छन् ।

मंगलबार लगानीकर्ताका पाँच वटा संगठनका अध्यक्षहरु संयुक्तरुपमा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई भेटेर संयुक्त विरोध पत्र बुझाएका हुन् ।

लाभकरको गणनाको विधिले ल्याप्चे युगको सुरुवात गरेको भन्दै यसले पूँजीबजारको विकासलाई पछाडि धकल्ने र यस्तो व्यवस्था कुनै पनि हालतमा नमान्ने अध्यक्षलाई बुझाइएको विरोध पत्रमा उल्लेख गरिएको छ ।

लगानीकर्ताका पाँच वटा संगठनले लगानीकर्तालाई ल्याप्चे आतंकको अन्त्य गर्नका लागि आन्दोलनमा उत्रन समेत आव्हान गरेको छ ।

लगानीकर्ताका तर्फबाट नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल, सेयर लगानीकर्ता दबाब सूमहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजीबजार संघका अध्यक्ष संरक्षणा चौधरी बोर्ड पुगेका थिए ।

Publish on: