सेयर बजारमा सामान्य सुधार, कारोबार रकम निराशाजनक « Eglish Khabarhub

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम निराशाजनक



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मापन गर्ने सूचक ३.३९ अंकले बढेर १२५९.३७ बिन्दुमा रोकिएको छ ।
१७१ कम्पनीको १० लाख १३ हजार ७९४ कित्ता सेयर २९ करोड ४३ लाख ५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१२ वटा समूहको कारोबारमा ४ वटा समूहमा गिरावट देखिएको छ भने बाँकीमा सुधार भएको छ । बुधबार बैंकिङ २.८५, निर्जीवन बिमा २२.८२, होटल ५.९९, माइक्रोफाइनान्स समूहको उपसूचक १४.७२ अंकले बढेको छ ।

कारोबार रकममा सिद्धार्थ बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । सिद्धार्थको ३ करोड १६ लाख रुपैयााँ बढीको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः नेपाल बैंक र प्रभु बैंक रहेका छन् ।

Publish on: