बलेफि हाईड्रोपावरले साढे ३६ लाख कित्ता साधारण सेयर जारी गर्ने « Eglish Khabarhub

बलेफि हाईड्रोपावरले साढे ३६ लाख कित्ता साधारण सेयर जारी गर्ने



काठमाडौं । बलेफि हाईड्रोपावर लिमिटेड र ग्लोबल आइएमई क्यापीटल बीच साधारण सेयर निष्कासनको लागि सम्झौता भएको छ ।

सेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापीटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । निष्कासन सम्बन्धी सम्झौता–पत्रमा बलेफि हाईड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष उमेश कसजु र ग्लोबल आइएमई क्यापीटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।

बलेफि हाईड्रोपावरले प्रति सेयर एक सय रुपैयाँ अंकित दरको ३६ लाख ५५ हजार ९४० कित्ता साधारण सेयर जारी गर्ने भएको छ । बलेफीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई उक्त सेयर जारी गर्न लागेको हो । कम्पनीले ३६ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेछ । यस कम्पनीले सर्वसाधारणमा शेयर निष्कासनका लागि रेटिङ्ग एजेन्सिबाट साधारण सेयरको लागि गे्रड ४ प्लस पाएको छ ।

Publish on: