काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले सेलपे सेवा संचालनमा ल्याएको छ ।
सेलपे सेवा मोबाइलतथा वेब एप्लीकेशनको माध्यमबाटविनाकुनै वालेट बनाई आफ्नै बैंक खाताप्रयोग गरी विभिन्नभुक्तानीतथा रकम स्थानान्तरण गर्न सकिने छ र सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको छ ।
विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्रगरिने मनीट्रान्सफर, आदि वास्तविक समयमाकार्य गर्ने सेवाप्रदायक कम्पनीको रुपमा स्थापित सेलकम प्राइभेट लिमिटेडले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा “सेलपे”को सुरुवात गरेको हो ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद्रुत, सरल तथा मितव्ययी सेवा हो । सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देष भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेटविना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता भएको कम्पनीले जनाएको छ ।
सेलपे सेवा अत्यन्तै भरपर्दो सेवा हो । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
SHARE YOUR THOUGHTS