काठमाडौं । सेयर बिक्रीको लाभकर गणना विधिमा देखिएको समस्या समाधान गर्न धितोपत्र बोर्डले नै अवरोध गरेको देखिएको छ ।
बुधबार लगानीकर्ताका पाँच वटा संगठन, ब्रोकर एसोसिएसन, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएससी एण्ड क्लियरीङ, आन्तरिक राजश्व विभाग सहित मन्त्रालयमा भएको छलफलमा बोर्डले नै अवरोध सृजना गरेको फेला परेको हो ।
यस अघि बोर्डले लाभकरण गणना विधि आन्तरिक राजश्व विभागले मिलाउने विषय भएकोले आफुले केही गर्न नमिल्ने भन्दै बोर्ड पन्छिने गरेको थियो । बुधबार मन्त्रालयमा भएको छलफलका क्रममा विभागका प्रतिनिधिले उक्त व्यवस्था नियामक निकायले नै मिलाउनु पर्ने जानकारी गराएका थिए । त्यसपछि बैठकमा सहभागी भएका बोर्डका प्रवक्ता निरज गिरी र लगानीकर्ताबीच मन्त्रालयमा बाजाबाझ नै भएको सहभागी एक अधिकारीले बताए ।
उनले भने ‘विभागबाट आउनु भएको अधिकारीले त्यसो भएपछि हामीले निरज गिरीलाई अहिलेसम्म किन विभागलाई देखाएर रोकेर राखेको भनेर जवाफ माग्यौं, उहाँले विषय मोडन खोज्नु भयो, निकै बेर बाझाबाझ नै भयो ।’
बैठकमा विभागका अधिकारीले यसको अन्तिम निर्णय गर्न बोर्डलाई नै अनुरोध गरेका छन् ।
बैठकमा सहभागी ति अधिकारीले विभागका अधिकारीलाई उदृद गर्र्दै भने ‘यो काम हाम्रो होइन, नियामकले गर्ने काम हामीले गर्ने भनेर पन्छिने काम नगर्नु, यसमा हामी केही गर्दैनौ, जे गर्ने हो नियामकले नै गर्नु ।’
बोर्डमा साउन ८ गते बोर्डमा भएको सबै निकायको बैठकमा भएको निर्णय अनुसार काम गर्न मन्त्रालयले निर्देशन दिएको छ । त्यो बैठकमा २०५८ असार मसान्त देखि २०७६ असार मसान्तसम्म भएको हरेक दिनको भारित औसत निकालेर त्यसैको आधारमा पूँजीगत लाभकर गणना गर्ने निर्णय भएको थियो । त्यही अनुसार नै काम गर्न बोर्डलाई मन्त्रालयले निर्देशन दिएको बताइएको छ ।
अघि सबै लगानीकर्ताले लिखित रुपमा दिएको सुझावको मन्त्रालयमा जानकारी नगराएको बैठकमा सहभागी एक अधिकारीले बताए । उक्त सुझाव किन मन्त्रालयमा जानकारी नगराएको भन्दा गिरीले यस्तो काम विभागले गर्ने हो हामीले गर्ने होइन भनेर अध्यक्ष डा.रेवत बहादुर कार्कीले भनेकोले जानकारी नगराएको बताएका थिए । सहभागीका अनुसार बोर्डले आज नै लाभकर गणना विधिको टुंगो लगाउने सहमतिसहित बैठक सकिएको छ ।
SHARE YOUR THOUGHTS