काठमाडौं । पुँजीगत लाभकर गणनाको विवाद मिलेपछि सेयर बजारमा सामान्य सुधार आएको छ ।
बुधबार अर्थ मन्त्रालयमा भएको छलफल पछि पुँजीगत लाभकरको विवाद अन्त्य हुने देखिएपछि बजारमा सुधार देखिएको हो । नेप्से मापन गर्ने सूचक ६.२० अंकले बढेर १२६५.५७ बिन्दुमा रोकिएको छ ।
१६९ कम्पनीको १२ लाख ६१ हजार ५९० कित्ता सेयर ३५ करोड ७८ लाख ३६ हजार १८५ रुपैयाँको सेयर किनबेच भएको छ । १२ समूहको कारोबारमा विकास बैंक समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकीको सुधार नै देखिएको छ । कारोबार रकमको आधारमा नेपाल बैंकले अग्रता लिएको छ । नेपाल बैंकको २ करोड ८४ लाख २० हजार ७२२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै कृषि विकास बैंक र प्रभु बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
SHARE YOUR THOUGHTS