काठमाडौं । एशियन डेभलपमेन्ट बैंक (एडिबि) को ट्रेड फाइनान्स प्रोग्राम (टि एफ पि) तथा लक्ष्मी बैंकबीच कर्जा तथा टे«ड सहयोगको लागि एक सम्झौतामा भएको छ ।
एडिबिको ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालनमा रहेको छ । यसले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य समेत गर्दै आएको छ । अहिलेससम्म २ सय भन्दा बढी वित्तीय कारोबार गरिसकेको छ ।
यसबाट ८२ मिलियन अमेरिकी डलरबराबरको सहयोग प्राप्त भएको छ । यसबाट कृषि कमोडिटी, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न ८० क्षेत्रका साना तथा माझौला व्यवसायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
सम्झौतामा हस्ताक्षर गर्दै लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले एडिविको कार्यक्रममा सहभागी हुन पाउँदा लक्ष्मी बैंक गौरवान्वित भएको बताए ।
एडिबिको ट्रेड मेम्बर बैंकका रुपमा सहभागी भई अनसाइट तथा अफसाइट कार्यहरु प्रति लगनशील रहेका कारणले यस परियोजनामा सहभागी भएको उनले उल्लेख गरे । लक्ष्मी बैंक नेपाली साना तथा मझौला व्यवसाय, कर्पोरेट, इन्स्टिच्युसनल तथा इन्फ्रास्टक्चर प्रोजक्टहरुमा ट्रेड फाइनान्स सेवा प्रदान गर्दै आइरहेको र यसबाट अन्तर्राष्ट्रिय बजारमा ग्राहकहरुले फाइदा लिन सक्ने छन् ।
नेपालका लागि एडिवि इन्भेष्टमेन्ट स्पेसलिस्ट एण्ड रिलेसनसिप म्यानेजर ज्यानेट हाइडले लक्ष्मी बैंकसँग गरिएको ट्रेड फाइनान्स प्रोग्रामले नेपालको वर्तमान आर्थिक वृद्धिमा विशेष सहयोग पुगेको र यो नयाँ सुविधाले पुननिर्माणको कार्यले देशमा आर्थिक क्रियाकलाप हुन गई साना तथा मझौला व्यवसायको विकासमा सहयोग पुग्ने बताए ।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले ४८ जिल्लामा ११० शाखाहरु, ३ हस्पितल काउन्टर, १३१ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ५८ शाखा सहित बैैैंकिङ्ग, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन् ।
SHARE YOUR THOUGHTS