काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब १८ करोड गरेको प्रकाशित गरेको विवरणमा उल्लेख छ ।
बैंकले यसबाट सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
बैंकले गतवर्ष अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले नाफा बढाएको हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकको नाफा २ अर्ब ५८ करोड रहेको थियो ।
बैैंकको असार मसान्तसम्मा निक्षेप १ खर्ब २९ अर्ब रहेको छ भने कर्जा १ खर्ब ४ अर्ब रहेको छ । अघिल्लो वर्षको असार मसान्तममा बैंकमा १ खर्ब १५ अर्ब निक्षेप थियो भने कर्जा ८९ अर्ब रहेको थियो ।
बैंकको कर्जा निक्षेप अनुपात ७५.०७ प्रतिशत छ । बेसरेट ८.१२ प्रतिशत छ । स्प्रेड ४.२९ प्रतिशत रहेको छ । रिटर्न अन इक्विटी १८.१३ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात ०.१६ प्रतिशत रहेको छ ।
SHARE YOUR THOUGHTS