बैंकका सहायक कम्पनीलाई सेयर कारोबार गर्न अनुमतिका लागि नेप्सेले माग्यो आवेदन « Eglish Khabarhub

बैंकका सहायक कम्पनीलाई सेयर कारोबार गर्न अनुमतिका लागि नेप्सेले माग्यो आवेदन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र खरिद बिक्री गर्न अनुमति लिनका आवेदन दिन सूचना जारी गरेको छ ।

नेप्सेले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । इच्छुक कम्पनीहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ । निवेदन दस्तुर ५ हजार रुपैयाँ लाग्ने छ । उक्त निवेदनका लागि लाग्ने रकम ग्लोबल आईएमई बैंकमा जम्मा गरी भौचरसहित निवेदन निद नेप्सेको सुपरिवेक्षण शाखाले अनुरोध गरेको छ ।

Publish on: