१ पुस २०८२, मंगलबार

लगानी अनुसारको प्रतिफल नभएपछि निर्जीबन बीमा कम्पनीका संस्थापकले सेयर बेच्न थाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय निर्जीबन बीमा कम्पनीका संस्थापकले सेयर बेच्ने क्रम बढेको छ । बीमा समितिका अनुसार सबै निर्जीबन बीमा कम्पनीको संस्थापक सेयर बिक्री हुन थालेको छ ।

समितिको अनुसार पछिल्लो समयमा आईएमई जनरल इन्स्योरेन्सले २५ सय कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । स्वीकृतिका लागि बीमा समितिलाई जानकारी समेत गराएको छ ।

निर्जीबन बीमा कम्पनीमा गरेको लगानी अनुसार प्रतिफल आउन छोडेपछि निर्जीबन बीमा कम्पनीको संस्थापक सेयर बिक्री भइरहेको बीमा समितिका अधिकारीहरु बताउँछन् ।

समितिका अनुसार निर्जीबन बीमा कम्पनीहरुको बिजनेश २१ अर्बको रहेको छ भने लगानी २० अर्ब रहेको छ । २१ अर्ब बिजेनश गर्दा ६०/६५ प्रतिशत दाबी भुक्तानीमा नै जाने गरेको छ । बाँकी रहेको ३५/४० प्रतिशतमा प्रतिकम्पनीको ५० देखि ६० करोड रुपैयाँ मार्जिनमा रहने गरेको छ ।

१ अर्बबाट लगानीकर्तालाई लाभांश पनि दिनु पर्ने बाध्यता बीमा कम्पनीहरुलाई रहेको छ । यस्तै यसैबाट कर्मचारी खर्च, कम्पनी सञ्चालन लगायतका खर्च गर्दा लगानीकर्ताले औसतमा १० प्रतिशतको हाराहारीमा पनि लाभांश पाउन नसक्ने अवस्था रहेको समितिका एक अधिकारीले बताए ।

‘लाभांश कम आउने भएपछि संस्थापकहरुले आफ्नो सेयर धमाधम बिक्री गर्न थालेका छन् । लगानीकर्ताहरु ५/१० प्रतिशतको लागि किन लगानी गर्नु भनेर धमाधम सेयर बिक्री गर्न थालेका छन् ।’ समितिका अधिकारीले भने ।

पहिला बिजनेश कम, लाभांश बढी हुँदा गरेको लगानी अहिले लाभाशं कम हुन थालेपछि लगानी फिर्ता गर्ने क्रम बढेको ती अधिकारीको दाबी छ ।

‘अहिले लगानी बढ्यो, नाफा बढेन्, यसले लगानी फिर्ता हुनसक्छ, संस्थापकले सेयर बेच्न थालेपछि सर्वसाधारण लगानीकर्तामा पनि निरशा आउन थाल्छ, यसले निर्जीबन बीमातर्फ क्रेज घट्छ, सप्लाई बढ्यो भने सेयर मूल्य घट्छ,’ ती अधिकारीले भने ।

पछिल्लो समयमा निर्जीबन बीमा कम्पनीले लगानीलाई विविधिकरण गर्न नसकेको समितिका अधिकारीको ठहर छ ।

‘यतिबेला भएको बिजनेश तानातान मात्र भएको छ, नयाँ केही पनि बिजनेश आएको छैन, सरकारले भनेको अनिवार्य बाहेक केही बिजेनश नआएपछि समस्या सृजना भएको हो,’ ती अधिकारीले सुनाए ।